अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

पर्यटक आकर्षित गर्न क्यासिनो र जुवा सञ्चालन गरौं – मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५२ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्गले पर्यटकहरुलाई आकर्षित गर्न पोखरामा क्यासिनो र जुवा संचालन गर्नुपर्ने बताउनुभएको छ । आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समिति घोषणा सभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

मकाउ सहितका देशमा क्यासिनो र जुवाकै कारण वर्षेनी लाखौं पर्यटक जाने गरेको र उनीहरुको आम्दानीको मूख्य श्रोत नै जुवा र क्यासिनो भएको बताउँदै उहाँले गण्डकी प्रदेशमा पनि प्रक्रिया पु¥याएर क्यासिनो सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । क्यासिनोका कारण घरबार बिग्रेको, परिवार विखण्डन भएको धेरै सुनिएको बताउँदै गुरुङ्गले तर, त्यसलाई ब्यबस्थित गरेर सञ्चालन गर्न सके त्यो आम्दानीको गतिलो माध्यम बन्ने ठोकुवा गनुृभयो । यद्यपि उहाँले नेपालीलाई निशेध गरेर विदेशीलाई मात्रै क्यासिनो खेल्न दिनुपर्ने नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री गुरुङले पर्यटनको हब पोखरा नै भएको उल्लेख गर्दै पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन जरुरी रहेको बताउनुभएको छ । ग्रामिण पर्यटन र होमस्टेलाई जोड दिंदा सहरी पर्यटन व्यवसायीहरु तर्सिन नहुने उहाको भनाई थियो । मुख्यमन्त्री गुरुङले पर्यटन क्षेत्रमापनि माफिया रहेको उल्लेख गर्दै फेक रेस्क्यू त्यसैको उदाहरण रहेको दावी गर्नुभयो । आन्तरिक पर्यटन वर्षको कार्यक्रम सञ्चालन गर्न ढिला भएको भन्दै अब तिव्र रुपमा काम अघि बढाउन मुख्यमन्त्री गुरुङ्गले निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू