अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको भन्दै बिज्ञहरुको आपत्ति

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५० मा प्रकाशित

विज्ञहरुले ‘सांसद पूर्वाधार विकास कोष’ ले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको दावी गर्दै आपत्ति जनाएका छन् । विकास पत्रकार मञ्च, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय सरकार कति सवल ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

स्थानीय विकास मन्त्रालयका पूर्व सचिव खेमराज नेपालले संघीय सरकारले विनियोजन गरेको सो कोषले स्थानीय सरकारलाई स्वतन्त्र ढंगले कामै गर्न नदिएको दावी गर्दै आपत्ति जनाउनुभयो । स्थानीय सरकारको स्वायत्ततामाथि हस्तक्षेप हुनेगरी संघीय सरकारले विनियोजन गरेको सो कोष अनुचित भएको पनि उहाँको निष्कर्ष थियो ।

कार्यक्रममा बोल्दै खोज पत्रकारिता अनुसन्धान केन्द्रका अध्यक्ष शिव गाउँलेले बजेट विनियोजनमा समेत स्थानीय तहमा विभेद हुने गरेको बताउनुभयो । नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघीय सरकारको हस्तक्षेपकारी भूमिकाका कारण स्थानीय सरकारले संविधान बमोजिम आफ्नो कामलाई अघि बढाउन नसकेको दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू