अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

पुर्वान्चल फेसन सो को दोस्रो अडिसन सम्पन्न, फाइनलमा कमल खत्री प्रस्तुति रहने

बिआरटीनेपाल २०७६ असार १५ गते ९:५२ मा प्रकाशित

इटहरी, प्रदेश १ को इटहरीमा हुन लागेको ‘नेपाल टुर: पुर्वान्चल फेसन सो’ को बारे जानकारी गराउने उद्देश्य सहित इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । उक्त सम्मेलनमा इटहरी र इटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्‍याम्प कलालाई उजागर गर्ने र फेसन शोभा अभिभावकको नराम्रो दृष्टिकोणलाई हटाउने उद्देश्य सहित इटहरीमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमका आयोजक तथा युथ क्रीयसन नेपालका मेनेजिङ डी रेक्टर रवि लामा तामाङले गराए । विभिन्न फेसन सो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक इटहरीबाट नेपाल टुरको आयोजना गरेको हो । 

इटहरीको सो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रमको आयोजना गर्ने क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए । यस्तै इटहरीको शोको लागि सम्पन्न पहिलो चरणको अडिसनबाट ४० जना युवायुवतीको सहभागिता भएको थियो भने जसमध्येबाट फाइनल शोको लागि ३० जना छनौट भएका छन् । अडिसनमा फेसन शोको लागि इटहरीमा नयाँ अनुहार देखि र्‍याम्प गरिरहेका युवायुवतीको पनि सहभागिता रहेको स्थानीय आयोजक तथा मिडिया संयोजक सुवास सङ्कल्पले बताए । यस्तै पहिलो चरणको अडिसनबाट छुटेका तथा इच्छुक नयाहरुको लागि सप्तकोशी अनलाइनको कार्यालयमा शोको अन्तिम अडिसन पनि पत्रकार सम्मेलन पश्चात् सम्पन्न गरिएको थियो । दोस्रो तथा अन्तिम अडिसनमा १५ जनाको सहभागिता भएको थियो ।

अडिसनमा जर्जको रूपमा आयोजकका तर्फबाट मेनेजिङ डी रेक्टर रवि लामा, मोडल आयु ष मगर, मार्टिना मेकअप स्टुडियोकी उर्बि श्रेष्ठ, मोडल तथा नायक माधव केसी र डी डिजाइनरकी मनीषा पोख्रेल रहेका थिए । पहिलो चरणको अडिसन सम्पन्न भए सँगै विभिन्न सिक्येन्सका लागि तालिम भइरहेको छ भने दोस्रो चरणको अडिसनबाट छानिएकाहरूले आइतबारबाट तालिममा प्रवेश पाउनेछन् । यता फाइनल सो यसै असारको २७ गते हुँदै छ । मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुन लागेको फाइनल शोभा लाइभ कन्सर्ट साथै डिजे पुल पार्टी पनि हुने आयोजकले बताए । 

शोको लागि ‘सो टिपर’को रूपमा युथ क्रियशनकै आयोजनामा भइरहेको मिस हेरिटेज क्वाँटी नेपाल र मिस्टर एन्ड मिस वेस्ट मोडलका विनम्र आउनेछन् भने कठमाण्डौबाट पनि शोभा र्‍याम्प गर्न दर्जन बढी फेशन मोडलहरू आउने रविले बताए । शोभा आयोजकले र्‍याम्पमा पूर्वाञ्चलको लागि पहिलो पटक नयाँ स्वाद पनि दिने जनाएको छ । ‘हेण्डिक्राफ़्ट हेरिबन’ सहित स्विक्येन्समा मोडलहरूले र्‍याम्प वाल्क गर्दै नयाँ स्वाद दिनेछन् । चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुति सहित स्थानीय गायक तथा कलाकारको पनि प्रस्तुति रहने छ । फेसन सो साँझ ६:३० देखि सुरु हुनेछ । युथ क्रीयसन नेपाल काठमाडौको आयोजनामा हुन लागेको फेसन शोभा मार्टिना मेकअप स्टुडियो इटहरी मेकअप पार्टनर, डी डिजाइनर इटहरी बु टिक पार्टनर, डी थ्री अनलाइन र डी थ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनर रहेको छ । 

प्रतिक्रिया