अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

आर्थिक तथा राजनीतिक संकट समाधानका लागि पुनः वार्ता गर्न मादुरो र गुएडो सहमत

बिआरटीनेपाल २०७६ असार १५ गते ९:३२ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता क्आन गुएडोबिच देशमा जारी राजनीतिक संकट समाधानको लागि वार्ता गर्ने सहमति जुटेको छ । दुई पक्षबिच लामो समयदेखि जारी राजनीतिक संकट समाधानका प्रयास स्वरुप पुनः वार्ता सुरु गर्ने सहमति भएको वार्ताबारे जानकार रहेका तीन निकटका व्यक्तिकालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । वार्ताको स्थान भने तय नभएको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसअघि राष्ट्रपति मादुरो र विपक्षी नेता गुएडो पक्षबिच ओस्लोमा वार्ता भएको थियो । वार्ता बार्बाडोसमा हुने सम्भावना पनि छ । वार्ता आउँदो हप्ता सुरु हुने दुई व्यक्तिले बताएको रोयटर्सको खबरमा उल्लेख छ । नर्वेले दुवै पक्षलाई वार्ताका लागि मनाउने प्रयास गर्दै आएको छ । नर्वेकै प्रयासमा ओस्लोमा गएको मे मा वार्ता भएको थियो र त्यसमा कुनै सहमति हुन सकेन ।

दुवै पक्ष आफ्नो अडानमा कायम रहेका कारण सो वार्तामा भेनेजुएलामा जारी आर्थिक तथा राजनीतिक संकट समाधानका लागि कुनै सहमति हुन सकेको थिएन । जारी आर्थिक तथा राजनीतिक संकटका कारण हालसम्म ४० लाख भन्दा बढी नागरिक भेनेजुएलाबाट बिस्थापित भएका छन् । मादुरो र गुएडोका प्रतिनिधिबिच वार्ताको तयारीका लागि वार्ता भएको जनाइएको छ ।

गएको जनवरीमा गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गर्नुभएको थियो । मादुरोका कारण देशको आर्थिक अवस्था सखाप भएको विपक्षीको आरोप छ । मादुरोले भने अमेरिकाको स्वार्थमा विपक्षी फसेको बताउँदै आउनुभएको छ । आर्थिक तथा राजनीतिक संकटको चपेटामा भने सर्वसाधारण नागरिक परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू