अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

हलीको रुपमा डा. भट्टराई, पुख्र्यौली खेतको रोपाईमा सहभागी

बिआरटीनेपाल २०७६ असार १५ गते ९:२४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई असार १५ को अवसरमा गोर्खा स्थित पुख्र्यौली खेतमा हलकिो स्वरुपमा देखापर्नुभएको छ । धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा बाबुराम आइतबार गृह जिल्ला गोरखामा किसानहरुसँगै रोपाईंमा ररमाउनुभयो । सरकारले हरेक वर्ष असार १५ लाई रोपाईं महोत्सव तथा धान दिवसका रुपमा मनाउँदै आएको छ ।

आईतवार भट्टराई गोर्खामा आयोजित दुई छुट्टाछुट्टै रोपाईं कार्यक्रममा सरिक हुनुभएको छ । पालुङटार नगरपालिका–१ र सफल मल्टिपर्पोज कृषि फार्मले आयोजना गरेको रोपाईंमा बाबुरामले गोरु जोत्दै कोदाली समेत चलाएर खेत खन्नुभएको थियो । रोपाईमा बाबुराम छत्रे टोपी, कट्टु र टि–सर्ट लगाएर किसानकै भेषमा खेतमा काम गरिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । बाबुराम आफैंले उक्त तस्वीर पोस्ट गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू