अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

अमेरिकामा बन्यो थ्रीडी प्रिन्टिङ प्रविधिबाट घर, मंगल ग्रहको अनुभव लिन सकिने

बिआरटीनेपाल २०७६ असार १५ गते ९:२२ मा प्रकाशित

अमेरिकामा थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरिएको छ । उक्त घरमा बसी मंगल ग्रहको अनुभव लिन सकिनेछ । अमेरिकाको एक कम्पनीले तयार गरेको यस घरलाई ‘टेरा’ नाम दिइएको छ ।

न्युयोर्कको हडसन नदी नजिकको जंगलमा यस प्रकारका केही घरहरुको निर्माण पनि पूरा भइसकेको छ । छिट्टै यसलाई बिदा मनाउन जाने पर्यटकका लागि खुला गरिनेछ ।

यसबाट हुने आम्दानी फर्मको भावी अनुसन्धान तथा निर्माण कार्यमा लगाइनेछ । यदि यस्तो प्रकारको घरको डिजाइन सफल हुन्छ भई मानव मंगल ग्रहमा स्थापित गरिएपछि यही प्रविधिबाट त्यहाँ पनि बस्तीका लागि आधार तयार गर्न सकिने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू