अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

उरुग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा

बिआरटीनेपाल २०७६ असार १५ गते ९:२१ मा प्रकाशित

कोपा अमेरिका फुटवल प्रतियोगितामा उरुग्वेलाई पाखा लगाउँदै पेरु सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा पेरुले उरुग्वेलाई टाई ब्रेकरमा पराजित गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रकेरमा पुगेको हो ।

टाई ब्रेकरमा पेरु ५–४ ले विजयी भयो । उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजको प्रहार बिफल भएपछि टोली पराजित हुनपुग्यो । पेरुले अब सेमिफाईनलमा चिलीको सामना गर्नेछ । अर्को सेमिफाइनल खेलमा आयोजक ब्राजिलले अर्जेन्टिनासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू