अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाईयो

बिआरटीनेपाल २०७६ असार १५ गते ९:१६ मा प्रकाशित

आज असार १५, राष्ट्रिय धान दिवस देशका विभिन्न जिल्लामा रोपाईं गरी मनाईएको छ । “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण” भन्ने नाराका साथ यस बर्ष १६ औं राष्ट्रिय धान दिवस मनाईएको हो ।

नेपाल सरकारको कार्यक्रम अनुसार हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाइने गरिन्छ । यस वर्ष दिवसको मुख्य कार्यक्रम बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ मा आयोजना गरिएको थियो । आयोजित कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ र सांसदहरुको सहभागिता रहेको थियो ।

नेपाल कृषि प्रधान देश भएपनि उन्नत प्रविधि र विउको पहुँच कृषक समक्ष पुग्न सकेको छैन । जसका कारण धान उत्पादनमा अपेक्षाकृत बृद्धि हुन सकेको छैन । विज्ञहरुले धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि प्रसार, आधुनिकीकरण र यान्त्रिकीकरणलाई सँगसँगै लैजानुपर्ने बताउँर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू