अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

डिसी मेट्रो सप्ताह सम्पन्न, २० लाख ३४ हजार डलर सङ्कलन

विजय थापा २०७६ असार १५ गते ९:०२ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको डिसी मेट्रो सप्ताह २०१९ अभूतपूर्ण अपार सफलता साथ सम्पन्न भएको छ । अमेरिकी नेपाली समुदायको इतिहासमा सबै भन्दा ठुलो चन्दा रकम २० लाख ३४ हजार डलर सङ्कलन गर्दै नयाँ इतिहास रच्न सफल भएको छ । 

अमेरिकामा रहेका नेपाली समुदायले विभिन्न राज्यहरूमा आयोजना गरेका सप्ताह महापुराणहरू मध्ये सबैलाई उछिन्दै सर्वाधिक दान रकम सङ्कलन गरी किर्तिमान कायम गरेको छ ।

उक्त यो रकम जम्मा ८ सय २० जना दाताहरूबाट जुटेको हो । डिसी मेट्रो सप्ताह २०१९ नामक सप्ताह गत जुन २२ देखि जुन २९ सम्म चलेको थियो । जुन २२ को दिन केवल कलश यात्रा मात्र गरी जुन २३ का दिन देखि सप्ताह पुराण सुरु गरी जुन २९ शनिवार सम्म चलेको थियो । 

आयोजकका अनुसार हाल सम्म संस्थापक आजीवन सदस्य ५ सय ८ जना, संस्थापक गुठियार (ट्रस्टी) सदस्य १ सय ४६ जना, संस्थापक बेनेफ्याक्टर (उपकारी) सदस्य २९ जना, संस्थापक संरक्षक १० जना, संस्थापक प्लाटिनम सदस्य ८ जना र वार्षिक सदस्य १ सय १९ जना रहेको जनाएका छन् ।

२० लाख ३४ हजार डलर सङ्कलन मध्ये १० लाख (१ मिलियन) रकम उठी सकेको छ भने विगत देखि अहिले सम्म अमेरिकामा आयोजना गरिएका सप्ताह मध्ये कै यति ठुलो नगद उठेको यो पहिलो अभिलेख हो । 

अहिले सम्म कै सर्वाधिक ज्यादा दान दिने डिसी मेट्रो सप्ताह २०१९ का संयोजक रहेका अरुण रुपाखेती भएका छन् । गत जुन २९ सप्ताह समापनका दिन समाजसेवी तथा डिसी नेपाली समाजका संस्थापक रुपाखेतीले ५५ हजार ५ सय ५५ डलर ५५ सेन्ट दान गर्ने घोषणा गरेका थिए । उनले उक्त घोषणा सपरिवार साथ घोषणा गर्दै आफू सदैव संस्कृति ,परम्पराको रक्षा गर्न लागि परेको भन्दै आफू सामान्य घण्टा हान्ने काम गर्ने भएता पनि यो महान् अभियानमा धन भएर हैन मन भएर यति रकम दान गरेको बताए । 

यसै गरी गत बिहीबार जुन २७ का दिन अभियन्ता तथा व्यवसायी प्रेम भण्डारीले ५० हजार डलर चन्दा दान गरेका थिए । संरक्षक हाल सम्म १० जनाले घोषणा गरेता पनि उनीहरू प्रारम्भमा गुठियार सदस्य,बेनेफ्याक्टर (उपकारी )प्लाटिनम सदस्य बन्ने घोषणा गरेता पनि समापनका दिन सम्म संरक्षक बन्ने घोषणा गरेका थिए ।

सप्ताहको समापन जुन २९ को एकै दिनमा ७ लाख डलर सङ्कलन भई नयाँ कृतिमान कायम भएको छ । स्मरण रहोस् अहिले सम्म कै इतिहास मै डिसी महानगर क्षेत्रका नेपाली समुदायहरू यसरी जुटेको पहिलो पटक देखिएको छ । यस्तो एकता सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी लगाउँदा यस्तो एकता देखिएको थियो । 

डिसी महानगर क्षेत्रको भर्जिनियामा अहिले सम्म नेपालीहरूको सामुदायिक केन्द्र नभएको,समुदायमा यसको अभाव खट्किएको ,र अपरिहार्यता भएकोले यत्रो ठुलो रकम सङ्कलन गर्न सबै नेपाली समुदायले ऐक्यबद्धता जनाई उदाहरण प्रस्तुत गरेका छन् ।

यसका मुख्य पहल कर्ता सामाजिक अभियन्ता ददिराम ढुङ्गाना लगायत यसलाई साथ दिने र सामुदायिक भवन परियोजनाको परिकल्पना देख्ने सामाजिक अभियन्ताहरूको सपना साकार हुने पक्का भएको छ । गत जुन २९ सप्ताह समापनका भर्जिनियाको मनासस स्थित सक्रिय संस्था अमेरिका नेपाल सहयोगी समाज ( एएनएचएस)ले केही महिना अगाडी पशुपतिनाथ मन्दिर बनाउन भनी खरिद गरेको जग्गा र यसको परियोजना पनि नेपाली अमेरिकन सामुदायिक केन्द्रको परियोजनामा एकता भएको घोषणा भएको छ । असल कारणको लागि डिसी महानगरका नेपाली समुदाय एक ढिक्का हुने रहेछन् भनी प्रमाणित गरेको छ । 

यसै गरी गत जुन २८ का शुक्रवारका दिन सप्ताहमा अहम भूमिका निर्वाह गर्ने चिकित्सक मदन उप्रेती र अनामिका उप्रेतीले पहिले २० हजार डलर दान गरी प्लाटिनम सदस्ता लिई सकेता पनि एक मिलियन (१० लाख )भन्दा माथि चन्दा सङ्कलन भएमा दोब्बर बनाउने प्रतिबद्धता अनुसार ४० हजार दान गरी संरक्षक बनेका छन् ।

सप्ताहका मुख्य आकर्षणको रूपमा नेपालबाट झिकाइएका वाचन प्रवीण दीन बन्धु पोखरेलले पोखरेलले वैज्ञानिक पद्धतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरिकाले प्रस्तुत गरी सप्ताह समापन गरेका थिए । 

स्मरण रहोस् अमेरिकामा पेसागत रूपमा रहेका नेपाली ईन्जिनियर्स (अभियन्ता) चिकित्सक लगायत सबै वर्गका समुदायको उल्लेख्य योगदान रही डिसी मेट्रो सप्ताह नयाँ इतिहास कोर्न सफल भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू