अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

प्रधानमन्त्री आलोपालोको विषय पार्टी सचिवालयले जान्दैन – रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ असार १४ गते ७:४१ मा प्रकाशित

सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने बिषय नेकपाको सचिवालयले औपचारिक ढंगमा नजानेको टिप्पणी गर्नुभएको छ । पार्टीका तत्कालीन महासचिव स्व. मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपाका नेता समेत रहनुभएका मन्त्री पोखरेलले पार्टी एकताका बेला भद्र सहमति भएको भन्दै त्यसलाई अभद्र तरिकाले चर्चा गरिएको बताउनुभयो ।

बर्तमान सरकार ५ बर्षसम्म चल्ने उल्लेख गर्दै उहाँले आवश्यक पर्दा पार्टी कमिटीले जस्तो पनि निर्णय लिन सक्ने संकेत गर्नुभयो । उहाँले प्रधानमन्त्री परिवर्तन हुने कुराको समाचारले मन अमीलो नबनाउन नेता कार्यकर्तालाई सुझाव समेत दिनुभयो । पार्टी एकता कार्यकर्ता, जनताको चाहना र राष्ट्रिय आवश्यकताअनुसार भएको उल्लेख गर्दै पोखरेलले पार्टी एकता भएपछि विचारहरुलाई व्यवस्थित गर्नु प्राथमिक आवश्यकता रहेको ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू