अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

नयाँ आर्थिक बर्ष शुरु हुनु अघिनै पार्टी एकताका बाँकी काम पुरा हुन्छन् – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार १४ गते ७:३९ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका बाँकी काम नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा पहिले नै सम्पन्न भइसक्ने घोषणा गर्नुभएको छ । मदन भण्डारी फाउन्डेसनले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ आर्थिक वर्षको सुरु भएसंगै सबै प्रकृया टुंगो लाग्ने बताउनुभयो ।

सरकारले राम्रा काम गरिरहेको र सरकारका काममा व्यस्त हुनुपर्ने भएका कारण पार्टी एकताका कामले तिब्रता पाउन नसकेको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरे पनि प्रचार गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू