अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

वर्तमान सरकार असफल , टिकाइराख्न आवश्यक छैन – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७६ असार १४ गते ७:३८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकोले यसलाई टिकाईराख्न आवश्यक नरहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आज काठमाडौंमा गरेको कार्यक्रममासभापति देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाउनुभएको हो ।

जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले जनताले नै सरकार ढाल्ने देउवाको दावी थियो । सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उहाँले सरकारलाई टिकाइराख्न जरुरी नभएको बताउनुभयो ।

कार्यक्रममा सुनकोशी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र बालकलाकार आयुष केसी लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू