अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

अमेरिकी सरकारद्धारा पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान

बिआरटीनेपाल २०७६ असार १४ गते ७:३६ मा प्रकाशित

अमेरिकी सरकारले पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान गरेको छ । वासिङटन डिसीमा सप्ताहमा बाचनका लागि जानुभएका पोखरेललाई सामाजिक कामको क्षेत्रमा पुर्याएको योगदानका लागि मानार्थ नागरिकता प्रदान गरिएको हो । पोखरेल अमेरिकी सरकारले मानार्थ नागरिकता प्रदान गर्ने संभवतः पहिलो नेपाली हुनुहुन्छ ।

“कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन, अमेरिकी भूमिमा सेवा गरे बापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक म (नेपाली) लाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस । नारायण !” मानार्थ नागरिकता ग्रहणपछि पण्डित पोखरेलले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ ।

अमेरिकाको डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन निर्माणका लागि आयोजित सप्ताहमा बाचनका लागि उहाँ डिसी जानुभएको थियो । सप्ताहमा निकै ठुलो मात्रामा आर्थिक सहयोग संकलन भएको छ । सप्ताहमा ५ सय ४७ दाताबाट १३ लाख ८० हजार अमेरिकी डलर दान प्राप्त भएको सप्ताहका मिडिया संयोजन समितिका संयोजक पत्रकार गुणराज लुईटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया