अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा किम जोङ–उनसँग पुनः भेटवार्ताको प्रस्ताव

बिआरटीनेपाल २०७६ असार १४ गते ७:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग पुनः भेटवार्ताको प्रस्ताव गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले एक ट्वीट मार्फत उत्तर र दक्षिण कोरिया छुट्याउने डिमिलिटराइज्ड जोन अर्थात् डिएमजेडमा भेट्ने प्रस्ताव गर्नुभएको हो ।

जी–ट्न्वेटी सम्मेलनमा सहभागी हुन जापानमा रहेका ट्रम्पले त्यहिँबाट ट्वीट गर्नुभएको थियो । जापानबाट ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दुई दिन दक्षिण कोरियामा रहनुहुनेछ । त्यस क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको रोकिएको परमाणु निशस्त्रीकरणसम्बन्धी वार्तालाई पुनः जीवन दिने प्रयास गर्नुहुने बताइएको छ ।

ओसाकामा भएको जी–ट्वेन्टी सम्मेलनलाई सम्बोधन गर्नुभएका ट्रम्पले पत्रकारसँगको कुराकानीमा किमसँगको भेटका लागि प्रयास भइरहेको बताउनुभएको थियो । उहाँले सम्मेलनमा किम उपस्थित भएको भए दुई मिनेटका लागि भेटवार्ता हुनेसमेत बताउनुभयो । सम्मेलनकै क्रममा राष्ट्रपति ट्रम्पले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू