अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

अफगानिस्तानद्वारा पाकिस्तान समक्ष २२८ रनको लक्ष्य पेश

बिआरटीनेपाल २०७६ असार १४ गते ७:३२ मा प्रकाशित

१२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ । हेडिंगले कार्जी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन पूरा गर्यो ।

अफगानिस्तानका लागि अस्घर अफगान र नजिबउल्ला जद्रानले समान ४२–४२ रनको योगदान गरे । त्यस्तै रहमत शाह ३५, इकरम अलिखिल २४, शमिउल्लाह सिनवारी १९, मोहम्मद नइब १६ र गुल्बदीन नइब १५ रनको योगदान गरे । बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वा्धिक चार विकेट लिए । त्यस्तै इमाद वसीम र इमद वशिमले सामन दुई–दुई विकेट लिए । पाकिस्तानका लागि शादाब खानले एक विकेट लिए ।

आजको खेलमा अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान सेमिफाईनलमा स्थान बनाउने बाटोलाई सहज पार्ने योजनामा छ । यता प्रतियोगितामा हालसम्म पनि जित निकाल्न नसकेको अफगानिस्तान आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघिका खेलमा पाकिस्तान ७ खेलबाट ७ अंक सहित छैटौं स्थानमा छ । अफगानिस्तान अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू