अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

पोखराको गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ मञ्चन

बिआरटीनेपाल २०७६ असार १४ गते १:०६ मा प्रकाशित

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ नाटकको मञ्चन शुरु भएको छ । कथा घेरा प्रोडक्सनको प्रस्तुतीमा शुक्रवारबाट नाटक मञ्चन भईरहेको निर्देशक आकांक्षा कार्कीले जानकारी दिनुभयो ।

अहिले नाटकको सम्पुर्ण युनिट पोखरामा रहेको छ । कार्कीकै अवधारणा, परिकल्पनामा यो नाटकलाई मञ्चन गरिएको हो । सन्देशमुलक नाटकको लागि पोखरेली दर्शकको माया र साथ पाउनेमा आफु आशावादी भएको उहाँको भनाई छ ।

नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाईहरु मार्फत पितृसतात्मक सोचलाई चित्रण गर्न खोजिएको निर्देशक कार्कीले उल्लेख गर्नुभयो ।

अहिलेको विषयवस्तुमा महत्वपुर्ण संवाद नाटकमा हुनेछ । नाटक हेरिसकेपछि महिलाहरुले पनि आफुलाई भएको हिंसाको बारेमा थाहा पाउनेछन् । महिलामा लाज मानेर बस्नु हुदैन, बोल्नु पर्छ भन्ने आत्मबलको विकाश गर्न नाटकले मद्धत गर्ने बताईएको छ ।

पोखरा पश्चात नेपालका अन्य मुख्य शहरमा समेत नाटक मञ्चन गर्ने तयारी युनिटको छ । नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको अभिनय हेर्न पाइनेछ । नाटक असार १५ गते आइतबारसम्म गरी ३ दिन मञ्चन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू