अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

पोखराको लेकसाइडमा नेपाली परिकार महोत्सव शुरु

बिआरटीनेपाल २०७६ असार १४ गते ०:५६ मा प्रकाशित

पोखराको लेकसाइडमा नेपाली परिकार महोत्सव शुरु भएको छ । महोत्सवको आयोजना रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले गरेको हो ।पोखराको लेकसाइड बाराहीचोक पछाडिको चौरमा  नेपाली परिकार महोत्सव शुरु भएको हो ।

महोत्सवमा नेवारी, थकाली, गुरुङ खाना, थारु परिकारका साथै केराको परिकारको स्टल पनि रहने आयोजकले जनाएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ भने महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको छ ।

नेपाली परिकारलाई अन्तर्रा्ष्ट्रिय बजारमा समेत प्रचार प्रसार गर्ने उद्देश्य सहित महोत्सव गरिएको हो । महोत्सवमा स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया