अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

कोपा अमेरिका फुटबल, साबिक विजेता चिली सेमिफाइनलमा, कोलम्बिया पराजित

बिआरटीनेपाल २०७६ असार १४ गते ०:१९ मा प्रकाशित

साबिक विजेता चिलीले कोपा अमेरिका फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह चरणको खेलमा अर्जेन्टिनालाई स्तब्ध पारेको कोलम्बियालाई शनिबार बिहान भएको क्वाटरफाइनलमा टाइब्रेकरमा ५–४ ले पराजित गर्दै चिलेले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टीमा सन् २०१५ र २०१६ को विजेता चिलीले पाँच गोल गरेको हो । कोलम्बियाका विलियम तेसिलो गोल गर्नबाट चुकेका थिए । । कोलम्बियाका यारी मिना, वान कुएड्राडो, एडविन कार्डोना र हामेस रोड्रिग्वेजले गोल गरे ।

चिलेका एडवार्डो भार्गास, एरिक पुल्गर, चार्लेस एरान्गुएज र एलेक्स सान्चेजले पेनाल्टी सुटआउटमा गोल गरेका हुन् । चिलीले फाइनल प्रवेशका लागि सेमिफाइनलमा उरुग्वे वा पेरुसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भेनेजुएलालाई पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ ।

प्रतिक्रिया