अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

धादिङमा पास्नीको भोज खाँदा ३७ जना बिरामी

बिआरटीनेपाल २०७६ असार १३ गते २३:५३ मा प्रकाशित

धादिङको गजुरी गाउँपालिका वडा नं ५ चिसापानीमा पास्नीको भोज खादाँ कम्तीमा ३७ जना बिरामी परेका छन् । स्थानीय बाबुलाल मिजारको नातिनीको असार १२ गते गरिएको पास्नीको भोज खादाँ सोही दिनको बेलुकाबाट उनीहरु बिरामी परेका थिए ।

निको नभएपछि केहीलाई गाउँमै उपचार गराइएको छ भने केहीलाई उपचारको लागि गजुरीमा लगिएको छ । रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २३ जनालाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई उपचारका लागि भर्ना गरिएको छ । बिरामी मध्ये १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मी बोलाएर उपचार भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू