अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

गिजुभाईको ‘बालसंसार’ नेपालीमा

बिआरटीनेपाल २०७६ असार १३ गते २३:५१ मा प्रकाशित

प्रसिद्ध भारतीय शिक्षाविद् गिजुभाईको पुस्तक ‘बालसंसार’को नेपाली अनुवाद प्रकाशित भएको छ । बालकथाकार एवं लेखक विष्णुकुमारको अनुवादमा पुस्तक प्रकाशित भएको हो। शिक्षा दर्शन र बाल मनोविज्ञानका विषय समेटिएको पुस्तकले बालकालिकाको संसारबारे नयाँ आयामले जानकारी दिने अनुवादक विष्णुकुमारले बताउनुभयो ।

उहाँका अनुसार पुस्तक शिक्षक तथा अभिभावकका लागि उपयोगी हुने छ। ‘बालबालिका के चाहन्छन् ? उनीहरूसँग कस्तो व्यवहार गर्ने ?’ लगायतका उपशीर्षक दिइएको पुस्तक १३६ पृष्ठको छ । अनुवादक एवं लेखक विष्णुकुमारका पाँच दर्जनभन्दा बढी बालपुस्तक प्रकाशित छन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो। यससँगै गिजुभाईका अन्य पुस्तक पनि नेपाली पाठककका लागि अनुवाद गरिने प्रकाशकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू