अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

प्रतिनिधिसभाबाट ३ विधेयक पास

बिआरटीनेपाल २०७६ असार १३ गते ९:५४ मा प्रकाशित

प्रतिनिधिसभाले विनियोजन विधेयक अन्र्तगतका ३ वटा आश्रित विधेयकहरुलाई बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत(तेइसौं संशोधन) २०७६ लाई बहुमतले पारित गरेको हो ।

यी विधेयकमाथि परेका संसोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । राष्ट्रऋण उठाउने विधेयकको दफाबार छलफलमाथि सहभागी हुँदै नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले संघीय प्रणालीअनुसार संघ र प्रदेशले लिने कर निर्धारण गर्न सुझाव दिनुभयो । संघीय राज्यका विरुद्ध माथिकाले २० र तलकाले १० प्रतिशत कर उठाउने नभई नया व्यवस्थाको स्प्रिडअनुसार माथि १० र तल २० प्रतिशत कर लिने व्यवस्था गर्न उहाँले माग गर्नुभयो । संघीय राज्यको कार्यान्वयनले मात्रै ऋणको भार कम हुने नेता गिरीको दावी थियो ।

प्रतिनिधिसभाका अर्को बैठक असार २२ गते आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू