अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयनमा रोक

बिआरटीनेपाल २०७६ असार १३ गते ९:५२ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाका क्रममा नागरिकतासम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाका क्रममा तत्कालीन समयमा नागरिकताको अवस्थाबारे थाहा पाउन प्रश्न थप गर्ने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले जनगणनामा नागरिकतासम्बन्धी प्रश्न विचलित उद्देश्यसहित आएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रशासनले प्रश्न थप गर्नुपर्ने सही कारण खुलाउन नसकेको भन्दै निर्णय कार्यान्वयन गर्न रोक लगाउने निर्णय भएको बताउनुभयो । सीमान्तकृत मतदाताको संरक्षणमा सहयोग पुग्ने भएकाले नागरिकतासम्बन्धी प्रश्न थप गर्नुपर्ने ह्वाइट हाउसले दाबी गर्दै आएको थियो । तर, विपक्षीले भने आप्रवासीलाई जनगणनामा सहभागी हुन निरुत्साहित गर्ने भन्दै त्यसको विरोध गरेका थिए ।

सर्वोच्च अदालतले प्रश्न थप गर्न रोक लगाएपछि राष्ट्रपति ट्रम्पले जनगणना नै पछि सार्न प्रयास गर्ने बताउनुभएको छ । अमेरिकी तथ्यांक विभागका विशेषज्ञले नागरिकतासम्बन्धी प्रश्न थप गर्दा जनगणनामा सहभागीको संख्या उल्लेख्य रुपमा घट्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू