अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७६ असार १३ गते ९:४९ मा प्रकाशित

नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । फ्रान्सको ‘ले हाभ्रे’मा गएराति भएको खेलमा इंग्ल्याण्ड ३–० ले विजयी भयो । खेलमा इंग्ल्याण्डलाई विजयी गराउन जिल स्कट, ईलेन ह्वाईट र लुसी ब्रन्जले एक–एक गोल गरे ।

इंग्ल्याण्डले अब सेमिफाइनलमा आयोजक फ्रान्स वा साविक विजेता अमेरिकामध्ये एक टोलीसँग खेल्नेछ । गएरातिको जितसँगै इंग्ल्याण्ड लगातार दोस्रो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

यसअघि सन् २०१५ मा क्यानडामा भएको विश्वकपमा पनि इंग्लिस टोली सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा जापानसँग २–१ ले पराजित इंग्ल्याण्ड प्ले–अफ खेलमा जर्मनीलाई हराउँदै तेस्रो भएको थियो ।

प्रतिक्रिया