अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

कम्युनिष्ट र कांग्रेसप्रति जनताको मोह भंग– राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७६ असार १३ गते ९:४८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताउनुभएको छ । काठमाडौंमा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले उक्त कुरा बताउनुभएको हो ।

राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न शुभ संकेतको आरम्भको रुपमा लिएको अध्यक्ष थापाको भनाई थियो । एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउनका लागि पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताउनुभयो ।

सत्ताको नेतृत्व गरिरहेका दलहरुले लोकतन्त्रको नाम लिए पनि व्यवहार भने सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै थापाले बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपट्टी भएको उल्लेख गर्नुभयो । उक्त पार्टी प्रवेश कार्यक्रममा दुई सय पचास जना व्यक्तिहरु राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू