अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा बीच भेट, द्वन्द्वकालीन मुद्दाबारे छलफल

बिआरटीनेपाल २०७६ असार १३ गते ९:४२ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच ललितपुरको होटल समिटमा द्वन्द्वकालीन मुद्दा कसरी छिटो टुंग्याउन सकिन्छ भन्नेबारे छलफल भएको हो ।

छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार प्रचण्डले देउवासँग द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउने सहयोग गर्नुपर्ने बताउनुभएको थियो । द्वन्द्वकालीन मुद्दा कसरी द्वन्द्वपीडित, मानव अधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुने गरी टुंग्याउन सकिन्छ भन्नेबारे देउवा र प्रचण्डले छलफल गरेको लेखकले जानकारी दिनुभयो ।

यसअघि गत जेठ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी आयोगबारे देउवा र प्रचण्डबीच छलफल भएको थियो । उक्त छलफलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा कुरा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू