अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

समस्याको समाधान कारवाही मात्रै हैन – प्रहरी प्रमुख खनाल

बिआरटीनेपाल २०७६ असार १३ गते ९:३४ मा प्रकाशित

प्रहरी महानिरिक्षक सर्वेन्द« खनालले प्रहरीले संचालन गर्ने बिभिन्न अभियानहरुमा सरकोरवालाहरुले सहयोग गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित समीक्षात्मक कार्यक्रममा खनालले सरोकारवालाको सहयोग विना कुनैपनि कार्यक्रम सफल हुन नसक्ने ठहर गर्नुभयो । कारबाहीले मात्रै कुनैपनि समस्याको समाधान नभएको भन्दै महानिरिक्षक खनालले सबैले अनुशासन पालनामा जोड दिनुपर्ने बताउनुभयो ।

यसैवीच, ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सन्चालन गरेको तीनमहिने ट्राफिक व्यवस्थापन तथा प्रदूषण अभियान सफल भएको निष्कर्ष निकालेको छ । ट्राफिक प्रहरीले गएको चैत २१ गतेदेखि काठमाडौं उपत्यकामा सवारी प्रदूषण नियन्त्रण, ‘अन्डरपास’ सन्चालन, सडक रेखांकन, पार्क तथा फुटपाथ अतिक्रमण, बस बिसौनी नियमनजस्ता अभियान चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू