अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप नगर्न पुटिनलाई ट्रम्पको आग्रह

बिआरटीनेपाल २०७६ असार १३ गते ९:३२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमीर पुटिनलाई सन् २०२० मा अमेरिकामा हुने निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ । शुक्रबारदेखि जी–२० राष्ट्रको जापानको ओशाकामा हुने सम्मेलनका लागि त्यहाँ पुग्नुभएका ट्रम्प र पुटिनबीच साइडलाइन वार्ता सकिएलगत्तै संवाददाताहरुसँग जिस्किँदै ट्रम्पले उक्त कुरा भनेको समाचार संस्थाहरुले जनाएका छन् ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा रूसले हस्तक्षेप गरेको विषयले विश्वभर व्यापक चर्चा पाएको थियो । रूसी हस्तक्षेपकै कारण नै ट्रम्पले चुनाव जितेको दावी डेमोक्रेट अमेरकीहरुले गर्दै आएका छन् । यसबारे अमेरिकामा पटक पटक छानबिन नै गरिएको छ । अमेरिकामा आउँदो वर्ष राष्ट्रपति चुनाव हुँदैछ र ट्रम्प आफै पनि दोस्रो कार्यकालका लागि मैदानमा उत्रिसक्नुभएको छ । वार्ताका क्रममा संवाददाताहरूले पुटिनलाई अर्को वर्षको चुनावमा हस्तक्षेप नगर्नू भन्नुहुन्छ कि भन्नुहुन्न भन्दै ट्रम्पलाई सोधेका थिए ।

त्यसको जवाफमा ट्रम्पले किन नसोध्नु भन्दै जिस्किँदै अर्को कुर्सीमा बसेका पुटिनलाई भन्नुभयो े, ‘प्लिज, सन् २०२० को चुनावमा हस्तक्षेप नगर्नू ।’ ट्रम्पको ठट्टामा पुटिन भने मुसुमुसु मुस्कुराउनुभएको थियो । वार्तामा सहभागी अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसहित अरू पनि हाँसेका थिए । सन् २०१६ को चुनावमा भएको रूसी हस्तक्षेपबारे रोबर्ट मुलरको संयोजकत्वमा गठित छानबिन समितिले आप्नो प्रतिवेदन पनि तयार पारिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू