अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

कोपा अमेरिका फुटबल- पाराग्वेलाई टाइब्रेकरमा हराउँदै ब्राजिल सेमिफाईनलमा

बिआरटीनेपाल २०७६ असार १३ गते ९:३० मा प्रकाशित

पाराग्वेलाई टाइब्रेकरमा हराउँदै ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि नतिजाका लागि खेल टाइब्रेकरमा गएको थियो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त आधा घण्टाको समयमा पनि गोल हुन नसकेपछि खेल टाई ब्रकेरमा पुगेको थियो । घरेलु टोली ब्राजिल टाईब्रेकरमा ४–३ ले विजयी भयो । ब्राजिलका लागि विलियन, मार्कीनोज, कौटिन्हो र जिससले गोल गर्दा फर्मीनोको प्रहार चुक्यो ।

पाराग्वेका गुस्ताभो गोमेज र डेर्लीस गोन्जालेजको प्रहार बिफल भयो । कोपा अमेरिका फुटबलमा भोलि दुई खेल हुनेछन् । राती पौने १ बजे भेनेजुएला र अर्जेन्टिना भिड्दा भोलि बिहान पौने ५ बजे कोलम्बियाले चिलिसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू