अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

बिआरटीनेपाल २०७६ असार १२ गते १०:१४ मा प्रकाशित

तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् । उनले आजदेखि हत्या हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयमा पुगेर आफूसँग भएका हातहतियारहरु पनि बुझाएको जनाएका छन् ।

मलावी इस्लामुद्दिन नामका ती तालिबान उक्त संगठनका लागि लडाकू भर्ना गर्ने विभागका प्रमुख रहेका बताइएको छ । उनी अफगानिस्तान प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ । क्वारी बिलाल नामबाट पनि चिनिने उनले अफगानिस्तानको उत्तरी प्रान्त ताखरमा पुगेर त्यहाँ रहेको प्रहरी कार्यालयमा हात हतियार पनि बुझाएका उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले जानकारी दिएका हुन् ।

ती कमाण्डरले तखार प्रान्त र त्यसको छिमेकमा रहेको अर्को कुन्दुज प्रान्तका पनि ठूलो संख्याका युवाहरुलाई तालिबान संगठनमा भर्ना गर्ने भूमिका खेलेका बताइएको छ । अफगान सुरक्षाकर्मीको खोजीको सूचीमा रहेका सो संगठनका एक वरिष्ठ कमाण्डर मालावीले अबदेखि हत्या हिंसामा नलाग्ने भनी प्रहरीसमक्ष हतियार बुझाएको अधिकारीहरुले जनाएका छन् । उनलाई अफगानिस्तानको उत्तरी क्षेत्रकै एक वरिष्ठ कमाण्डर मानिएको छ । तर उनको बारेमा कुनै विस्तृत विवरण भने दिइएको छैन । यस विषयमा अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू