अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

बम राखिएको हल्लापछि एयर इन्डियाको विमानको लण्डनमा आपतकालीन अवतरण

बिआरटीनेपाल २०७६ असार १२ गते १०:१३ मा प्रकाशित

एयर इन्डियाको विमानमा बम भएको हल्ला फैलिएपछि आपतकालीन अवतरण गरिएको छ । बमको हल्लापछि विमानलाई लण्डनमा आपत्कालीन अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अवतरणलगत्तै अधिकारीहरूले विमानको परीक्षण गरेका थिए ।

एयर इन्डियाको १९१ मुम्बइ– नेवार्क विमानमा बम रहेको भन्ने खबर आएपछि तुरुन्तै लण्डनस्थित स्ट्यान्स्टेड एयरपोर्टमा आपतकालीन अवतरण गरिएको थियो।

एयर इन्डियाको विमान आपत्कालीन अवतरण गर्दा स्ट्यान्टेड विमानस्थन केही बेर ठप्प भएको र अहिले सुचारु भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू