अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

माडगास्करमा स्वतन्त्रता दिवस मनाउँदा भागदौड, १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार १२ गते १०:१० मा प्रकाशित

पूर्वी अफ्रिकी देश माडगास्करमा स्वतन्त्रता दिवस मनाउन रंगशाला पुगेका सर्वासाधारणको भागदौडमा किचिएर कम्तीमा १६ जनाको मृत्यु भएको छ । स्वतन्त्रता दिवसको परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएपछि भाग दौड मच्चिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

राजधानी एन्टनान्नरिभो स्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन् । गत सेप्टेम्बरमा फुटबल खेल हुँदा भिडले किचेर त्यही रङ्गशालामा १ जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी मानिस घाइते भएका थिए । स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए । परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर जाऊन् भनेर ढोकाहरू खोलिदिएका थिए। तर केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू