अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

६९ वर्षे युगमाया कार्की एसईईमा ‘डी’ ग्रेड ल्याएर पास

बिआरटीनेपाल २०७६ असार १२ गते १०:०७ मा प्रकाशित

७ सन्तानकी आमा ६९ वर्षे युगमाया कार्कीले डी ग्रेडमा एसईई परीक्षा पास गर्नुभएको छ । बिहीबार सार्वजनिक भएको माध्यामिक तहको अन्तिम परीक्षा एसईईमा कार्कीले डी ग्रेडमा पास गर्नुभएको हो । ओखलढुंगा लिखु गाउँपालिका घर भएर भक्तपुरको गोठाटार बस्ने कार्कीले काठमाडौँ सुविधानगरमा रहेको उत्प्रेरणा महिला माविबाट गएको चैतमा परीक्षा दिनुभएको थियो ।

उक्त विद्यालयमा २०६१ सालबाट ७ जना महिलाहरुले सुरु गरेको यस विद्यालयमा कक्षा १ देखि १० सम्मको पढाइ हुन्छ । त्यहाँ १४ वर्ष माथिका महिलाहरुलाई पढाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू