अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

बजेटमा असन्तुष्टी जनाउदै पोखरा महानगरका वडा अध्यक्षहरु आन्दोलनमा

बिआरटीनेपाल २०७६ असार १२ गते ९:५८ मा प्रकाशित

पोखरा महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटप्रति असन्तुष्टी जनाउँदै महानगरभित्रका वडाका वडाध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । विपक्षी नेपाली काग्रेसका ११ वटा वडाका वडा अध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले बुधबार महानगरपालिकाको योजनाको रातो किताब नै च्यातेर असन्तुष्ट व्यक्त गरेका थिए भने बिहीबार महानगरको मुल गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् । तीन दिनसम्म चलेको बजेटमाथि छलफलको क्रममा वडाध्यक्षहरुले बजेट समानुपातिक वितरण नभएको दावी गर्दै महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिनु परेको वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले बताउनुभयो । बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् ।

नाराबाजी सहित उनीहरुले महानगरको गेटबाहिर प्रदर्शन गरेका छन् । बजेट वितरण समानुपातिक नभएको काँग्रेसका प्रतिनिधिहरुको आरोप छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचलाई केन्द्रीत गरेर बजेट विनियोजन गरेको अर्का वडाध्यक्ष शंकर बास्तोलाले बताउनुभयो । काँग्रेसको विरोधका बाबजुद् महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपा तर्फका रहेका छन् ।

केही वडाहरुमा मात्रै बजेट केन्द्रित भएको र काँग्रेसले जितेका वडाहरुलाई विभेद गरेको उनीहरुको आरोप छ । बजेटजति नेकपाले जितेका वडामा थुप्रिएको उनीहरुले गुनासो गरेका छन् । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले भने बजेटमा कुनै विभेद नभएको दावी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू