अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

विश्वकप क्रिकेट– भारतद्धारा वेष्ट ईन्डिजसामु २ सय ६९ रनको चुनौति

बिआरटीनेपाल २०७६ असार १२ गते ९:५६ मा प्रकाशित

वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ । खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ६८ रन जोड्न सफल भएको हो ।

खेलमा भारतका कप्तान विराट कोहलीले ७२ र पूर्व कप्तान महेन्द्र सिंह धोनीले ५६ रन जोडे । धोनीले अन्तिम ओभरमा एक्लैले १६ रन जोडेका थिए । अन्य ब्याट्सम्यानमा केएल राहुलले ४८, रोहित शर्माले १८, विजय शंकरले १४ र केदार जादबले ७ रन जोड्न सफल भए ।

वेस्ट इन्डिजका केमार रोचले तीन तथा कट्रेल र जेसन होल्डरले समान दुई विकेट लिए । भारतले पहिलो विकेटका लागि २९ र दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेको थियो। पाँच खेलबाट ९ अंक भएको भारत तेस्रो स्थानमा छ । उसले प्रतियोगितामा एक खेल पनि हारेको छैन । वेस्ट इन्डिजको ६ खेलबाट तीन अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू