अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक- भारतीयले लिएको नेपाली नागरिकता खारेज

बिआरटीनेपाल २०७६ असार १२ गते ९:५० मा प्रकाशित

नेपाल सरकार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । मन्त्रीपरिषद्को निर्णयानुसार सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका पाँचजनाको नागरिकता खारेज गरेको छ । यही असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँचजना भारतीयले लिएको नेपाली नागरिकता खारेज गर्ने र दोषीहरुलाई कारबाही गर्ने निर्देशन दिइएको जानकारी गराउनुभयो ।

यसैगरी सरकारले पाँचजना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरेकोे छ । बैठकले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ स्थित स्वच्छन्द भैरव माध्यमिक विद्यालयको १७९ रोपनी १२ आना २ पैसा जग्गा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भोगाधिकार प्रदान गर्ने निर्णय गरिएको पनि जनाइएको छ ।

राष्ट्रियस्तरमा ‘वृक्षरोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने, प्रत्येक वर्ष असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवस मनाउने र लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, वनक्षेत्रमासमेत फलफूल तथा औषधिजन्य विरूवारोपण गर्ने निर्णय भएको पनि मनत्री बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले विद्युत् व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति, २०७५ स्वीकृत र राष्ट्रिय जनगणना सन्चालन तथा व्यवस्थापन आदेश, २०७६ स्वीकृत समेत गरेको छ । असार ५ र ८ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० ओटा निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू