अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक

बिआरटीनेपाल २०७६ असार १२ गते ९:४७ मा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नतिजा प्रकाशित गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् ।

जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७ हजार ५सय ८० रहेको छ । त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५१ हजार १ सय ३७ रहेको छ । प्रकाशित नतिजाअनुसार जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३ हजार ७ सय ४१ रहेको छ भने जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६ हजार ५ सय ६४ रहेका छन् । त्यस्तै २.० देखि २.४० जीपीए ल्याउने परीक्षार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ ।

परिक्षामा जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५ हजार ३ सय ७ जना रहेका छन् । र, जीपीए १.२० देखि १.६० ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ रहेको छ । परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी परिक्षामा सहभागी भएका थिए ।

जसअन्तर्गत प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सामेल थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू