अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

जर्मनीमा नेपालको प्रस्तुति उत्कृष्ट

बिआरटीनेपाल २०७६ असार ११ गते ९:५० मा प्रकाशित

सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउँदै आइरहेको “एभरेस्ट नेपाल कल्चरल ग्रुपले” जर्मनीको कट बस सहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ | ७०० भन्दा बढी कलाकारहरूले भाग लिएको मेलामा नेपाल सहित विश्वका १६ राष्ट्रका १८ समूह सहभागी भएका थिए, मेला जुन २० देखी २४ सम्म चलेको थियो ।

एभरेस्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आर. सी. कोइराला (रामचन्द्र)को नेतृत्व तथा ग्रुपका निर्देशक शीतल आचार्यको संयोजनमा गएको टोलीमा लालीगुराँस नेसनल एकेडेमीका” प्रधानाध्यापक श्री गोपाल बुढाथोकीले स्कुलको नेतृत्व गर्नु भएको टोलीको नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीले गर्नु भएको थियो । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सोरठीका साथै दर्जनौँ नृत्यहरू प्रदर्शन गरिएको थियो । 

मेलामा ग्रुपका प्रमुख आरसि कोइराला, निर्देशक शीतल आचार्य, लालीगुराँस नेसनल एकेडेमीका प्रधानाध्यापक श्री गोपाल बुढाथोकी, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी तथा विद्यार्थीहरू; जोहना के. सी., रुबी परीयार, सङ्गम अर्याल, आश्नभी उदास, जानकी लामा, स्मृति तामाङ, अंबिना बम रेल, नामसाङ्ग लिम्बू, प्रनिता थापा मगर, सोनाम तामाङ, युद्ध जङ्ग थापा मगर, शालीन थापा, देव बगाले, सबिन परियार, शेजन मगर, सोनीका बास्तोला, कृतिका केसी, हिमानी थापा मगर, सबु थापा, बिकी कुमार झा सहभागी भएका समूहमा डा सुरेन्द्र आचार्यले डाक्टरको भूमिका निर्वाह गर्नु भएको थियो । 

सोही अवसरमा ग्रुपका निर्देशक शीतल आचार्य तथा एकेडेमीका प्रधानाध्यापक श्री गोपाल बुढाथोकीले कट बस सहरका नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटी नेपालमा सांस्कृतिक पर्यटन प्रवर्धन गर्न सकिनेबारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू