अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

खराब मौसमका कारण तत्कालीन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छानबिन समितिको निष्कर्ष

बिआरटीनेपाल २०७६ असार ११ गते ९:४४ मा प्रकाशित

तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसम कारण भएको छानविन टोलीले निष्कर्ष निकालेको छ । सो क्षेत्रमा आएको हिमआँधीका कारण हेलिकोप्टर दुर्घटनामा परेको ठहर गरेको हो ।

पाथिभरा मन्दिर दर्शन गरी फर्किने क्रममा १५ फागुन २०७५ मा ताप्लेजुङमा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा अधिकारसहित सात जनाको मृत्यु भएको थियो । दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।

साथै प्रतिवेदनमा पाइलटलाई उडाउनै पर्ने भन्ने कुनै दवाव नपरेको र यो एक मौषम खराबीका कारण भएको निष्कर्ष निकालेको छ । १५ फागुन दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू