अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३
| Colorodo: 06:58
मोरङमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो परेको चट्याङ लागेर रंगेली नगरपालिका–९, दोहमनाबजारका १४ वर्षीय अवगत ऋषिदेव, अनिल ऋषिदेव र रतुवामाई नगरपालिका–५ का २३ वर्षीय जुवेर मिँयाको मृत्यु भएको हो ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।