अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

नेदरल्याण्डमा मैनालीको संयोजकत्वमा नेपालीभाषी इन्जिनियर्स एसोसिएसन गठन

बिआरटीनेपाल २०७६ असार ११ गते ९:४० मा प्रकाशित

नेदरल्याण्डमा बहु प्रतिक्षित नेपालीभाषी इन्जिनियर्स एसोसिएसन गठन भएको छ । नेदल्याण्डस्को द हेगमा बसोबास गर्दै आउनुभएका केमिकल इन्जिनियर डिपी मैनाली शर्माको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको सचिवमा समीप कार्की र कोषाध्यक्षमा निमिशा सापकोटा चयन हुनुभएको छ । यस्तै, प्रविधि सन्चालिकामा रेनुका गुरुङ श्रेष्ठ तथा सदस्यहरुमा अशिम रिजाल, सन्दीप मिश्र र प्रविन बस्नेतलाई चयन गरिएको छ । करिव एक करोड सत्तरी लाख जनसंख्या रहेको नेदरल्याण्डमा स्थायी वा आस्थायी बसोबास गर्ने नेपाली तथा भुटानी समुदायको संख्या जम्मा २ हजारको हाराहारीमा रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू