अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

इराकमा बम आक्रमण, कम्तीमा ५ प्रहरीको मृत्यु

बिआरटीनेपाल २०७६ असार ११ गते ९:३७ मा प्रकाशित

इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी कम्तीमा ५ इराकी संघीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले जनाएनुसार प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले राखेको बम विस्फोटमा परी उनीहरुको ज्यान गएको हो ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ । इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतंककारी समूहलाई देशभरि नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकीयरुपमा नै सुधार आएको बताइन्छ । यद्यपि, ग्रामीण इलाकामा अझैपनि आइएस आतंककारीहरुले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू