अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

विश्व तरंगित बनाइरहेको एउटा तस्विर

बिआरटीनेपाल २०७६ असार ११ गते ९:३५ मा प्रकाशित

बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल बनिरहेको छ । प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ ।

उक्त फोटो अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले सबैको मन छियाछिया बनाउँछ, आप्रवासीको कथा उजागर गर्छ ।

मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको थियोे । नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ । पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ ।

तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन् । २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छिन उनले एउटा हातले आफ्ना पिताको घाँटीमा समातेकी छिन्।

न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन् । तस्विरले आप्रवासीको अमेरिका यात्राको कति दर्दनाक छ भन्ने देखाएको छ । साल्भाडोरको परिवार आमा तानिया भनिसा सहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू