अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

डिसी मेट्रो सप्ताहबाट उत्तर भर्जिनियामा सामुदायिक भवन बनाउन अहिलेसम्मकै ठुलो दान सङ्कलन

बिआरटीनेपाल २०७६ असार ११ गते ९:४० मा प्रकाशित

वासिङ्टन डिसी। डिसी मेट्रो सप्ताहको चौथो दिन मङ्गलवार सम्ममा ७ लाख ७ हजारको चन्दा सङ्कलन भएको आयोजकहरूले जानकारी दिएका छन् । यो रकम जम्मा १ सय ६७ जना दाताहरूबाट जुटेको हो । चन्दा ओइरिएको देख्दा उत्तर भर्जिनिया क्षेत्रमा अव सामुदायिक भवन बन्ने कुरामा कुनै शङ्का नरहेको महसुस भएको छ ।

डिसी मेट्रो सप्ताहको आयोजना उत्तर भर्जिनियामा सामुदायिक भवन बनाउन सहयोग जुटाउने उद्देश्यले गरिएको हो । सप्ताह आगामी शनिवारसम्म चल्ने छ । हरेक दिन कम्तीमा पनि २ लाख डलरसम्मको दान सहयोग जुटिरहेको बताइएको छ ।

सप्ताहका मुख्य आकर्षणको रूपमा वाचन प्रवीण दिनबन्धु पोखरेलले दिनको १ बजेदेखि बेलुका ८:३० सम्म नियमित रूपमा महापुराणको प्रवचन दिइरहनु भएको छ । पण्डित पोखरेलले वैज्ञानिक पद्धतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरिकाले प्रस्तुत गरिरहनु भएको छ । चौथो दिन सम्ममा सबैभन्दा ठुलो रकमको सहयोग गरेर हरि अधिकारी र सीता अधिकारीको जोडीले उदाहरणीय काम गर्नु भएको छ । भर्जिनिया फेयर फ्याक्स क्षेत्रमा व्यवसाय गर्दै आउनु भएका अधिकारी जोडीले ४० हजारको सहयोग गरेर नेपाल अमेरिका सामुदायिक केन्द्र(एनएसीसी)को संरक्षक बन्नु भएको छ । 

त्यसै गरी डा. मदन उप्रेती र अनामिका उप्रेतीले २० हजार डलर सहयोग गरेर प्लाटिनम सदस्य बन्नु भएको छ । डा. उप्रेतीले यदि दाताहरूबाट १० लाख डलर दान आएमा आफूले सहयोग रकमलाई दोब्बर बनाएर ४० हजार पुर्‍याउने बताउनु भएको छ । डा. उप्रेतीले आफूले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएको कारण खान र पढ्न पनि धेरै समस्या भएको कारुणिक भनाइ व्यक्त गर्दा उपस्थित सबै जना भावुक बन्नु भएको थियो । 

२० हजार डलर दान गरेर एनएसीसीको प्लाटिनम सदस्य बन्नु भएका अन्य व्यक्तित्वहरूमा प्रेम संग्रौला र मञ्जु संग्रौलाको जोडी, पुरु सुवेदी र कल्पना सुवेदी जोडी, अरुण रुपा खेती र अजिता रुपा खेती जोडी तथा प्रदीप राज शर्मा र निरजा शर्मा जोडी हुनुहुन्छ । 

यसै गरी १२ हजार डलरको सहयोग गरेर बेनेफ्याक्टर सदस्य बन्नु हुनेहरुमा सुनिता खत्री जोडी, नेपाली पाठशाला सेन्ट्रलभिल, गोपाल रेग्मी र सुनिता रेग्मीको जोडी, प्रदीप ढकाल र सुश्मा ढकाल जोडी, राजीव मैनाली जोडी, भीम रेग्मी र सीता रेग्मी जोडी, कॉल पोखरेल र शोभा पोखरेल जोडी, मेदिनी अधिकारी र अन्जु काफ्ले अधिकारी जोडी, राजेन्द्र खनाल र सीता खनाल जोडी, केशव बराल जोडी, अर्जुन दाहाल जोडी, निदेश अधिकारी एवं बविता खरेल जोडी हुनुहुन्छ ।

हजारौँको चन्दा रकम बोलिमात्रै दिने तर वास्तवमा भुक्तानी भने नदिने किसिमको प्रवृत्तिलाई निरुत्साहित गर्न डिसी मेट्रो क्षेत्रले २५ देख ७५ प्रतिशतको डाउन पेमेण्ट बोलेकै दिन दिनु पर्ने व्यवस्था गरेको छ । 

प्रतिक्रिया