अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

पार्टी विवाद मिलाउन नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डवीच छलफल

बिआरटीनेपाल २०७६ असार ११ गते ९:२९ मा प्रकाशित

पार्टी एकताका विषयमा उत्पन्न विवादलाई मिलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधवार छलफल भएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बुधबार विहान पार्टी एकताका विषयमा छलफल भएको हो ।

पार्टी एकताका विषयमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरुको जिम्मेवारी र मन्त्रीमण्डलका विषयमा समेत छलफल भएको बालुवाटार श्रोतले जनाएको छ । श्रोतका अनुसार पार्टी एकतालाई विथोल्ने शक्ति लागिपरेको निष्कर्ष सहित पार्टी एकता टुंग्याएर सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउन २ नेता सहमत भएका छन् । नेताहरुवीच मतभेद भएपछि यसै हप्ता बसेको पार्टीको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू