अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

गण्डकी प्रदेश सरकारले मदिरा सेवनमा कडाई गर्ने

बिआरटीनेपाल २०७६ असार ११ गते ९:२७ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले मदिरा सेवनमा कडाई गर्ने भएको छ । सरकारका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले मदिरा सेवनकै कारण समाजमा दिनप्रतिदिन हत्याहिसां वढ्दै गएको उल्लेख गर्दै मदिरा सेवनलाई तत्कालै रोक्न नसकेपनि मदिरा सेवन गर्न उचित स्थान, उमेर र समयको पावन्दी हुनुपर्नेमा जोड दिनुभयो ।

लागु औषध दुरुपयोग तथा ओसारपसारको विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले मदिरा सेवनमा नियमन गर्ने बताउनुभएको हो । चौविसै घण्टा मदिरा सेवन गर्न पाउने देश मध्ये नेपाल विश्वमै नमूना देश भएको उहाँको भनाई थियो । गण्डकी प्रदेश सरकारले कानुन वनाउँदा मदिरा सेवन नियन्त्रण गर्नेतर्फ ध्यान दिने गुरुङ्गले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानवहादुर कार्कीले पछिल्ला दिनहरुमा मुलुकभर लागुऔषध दुव्र्यसनीको संख्यामा वृद्धि भएको बताउनुभयो । सो अवसरमा उहाँले गत वर्षको तुलनामा चालु वर्षमा २५ प्रतिशतले दुब्र्यसनीको संख्या वृद्धि भएको तथ्यांक सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले समाजमा वढ्दै गएको हत्या हिसांको जड लागु औषध भएकोले यसलाई नियन्त्रण गर्न संघीय सरकार, प्रदेश सरकार र नागरिक सवैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम शुरु हुनु भन्दा अघि पोखराको चिप्लेढुगांवाट लागु औषधसम्बन्धि सचेतनामूलक र्याली निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू