अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

कास्कीको सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन

बिआरटीनेपाल २०७६ असार ११ गते ९:२५ मा प्रकाशित

कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जानकारी दिनु भयो ।

प्रमुख गुरुङ्गका अनुसार केवलकार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यासस्थित कुरीसम्म केबुलकार सञ्चालन हुनेछ । चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकार अन्तर्गत समुद्री सतहबाट लगभग दुई हजार ५०० मिटरको उचाइमा चताखर्कामा १२० बेड क्षमताको रिसोर्ट निर्माण गरिने बताइएको छ ।

विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) एवं वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिँदै प्रमुख गुरुङ्गले यसको कूल लागत ६अर्बभन्दा बढी लाग्ने बताउनुभयो । केबुलकारको १५ प्रतिशत शेयर स्थानीय बासिन्दालाई वितरण गरिने व्यवस्था मिलाइएको छ । उच्च हिमाली क्षेत्रमा निर्माण गरिने केबुलकारसहित थप पर्यटकीय गन्तव्यले पर्यटन प्रवद्र्धनका साथै स्थानीयस्तरमा उल्लेख्यरूपमा रोजगार सिर्जना गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रमको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू