अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक लागुऔषध दुब्र्यसनी – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ असार ११ गते ९:१९ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुब्र्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बाधक बन्न पुगेको बताउनुभएको छ । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उहाँले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुब्र्यसनलाई रोक्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री थापाले लागुऔषध दुर्व्यसनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गर्नुभयो । लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको मन्त्री थापाले बताउनुभयो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुब्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएको बताउँदै लागुऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न सप्ताहव्यापी अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ महासभाबाट पारित भई विश्वभर ‘लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउन थालिएअनुसार नेपालमा पनि प्रत्येक बर्ष जुन २६ मा उक्त दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू