अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

लोकप्रिय गीत “गलबन्दी”को विवाद मिल्यो, गायक सपुत र राईबीच लिखित सहमति

बिआरटीनेपाल २०७६ असार ११ गते ९:१७ मा प्रकाशित

पछिल्लो समय लोकप्रियता सँगै विवादमा परेको लोक दोहोरी गीत ‘गलबन्दी’ को विवाद टुंगिएको छ । गीतका गायक प्रकाश सपुत र अर्का गायक शम्भु राईबीच लिखित सहमति भएसंगै सम्पूर्ण विवाद टुंगिएको हो । उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक अधिकार पाउने गरी सहमति भएको छ ।

गायकद्धय बीच भएको सहमति अनुसार ‘गलबन्दी’ले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा शम्भु राईको हकदाबी रहने छैन । राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको उल्लेख छ । गलबन्दी गीतले चर्चा पाउन थालेपछि सपुतले राईको गीत चोरी गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू