अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

इङ्ल्यान्डलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

बिआरटीनेपाल २०७६ असार ११ गते ९:१५ मा प्रकाशित

साविक विजेता अस्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोली इङ्ल्यान्डलाई ६४ रनले हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

अस्ट्रेलियाको जितमा कप्तान एरोन फिन्चको शतकीय प्रदर्शन निर्णायक बनेको थियो । जितसँगै शीर्ष स्थानमा उक्लिएको अस्ट्रेलियाको सात खेलबाट १२ अंक पुगेको छ । आठ अंक बनाएको इङ्ल्यान्ड चौथो स्थानमा छ । अस्ट्रेलियाले दिएको दुई सय ८६ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्यान्डले खराव प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया