अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

तलब नपाएपछि मलेसियामा नेपालीसहित सयौं कामदार हड्तालमा

बिआरटीनेपाल २०७६ असार १० गते ९:४३ मा प्रकाशित

मलेसियाको डब्लु आर पि एसिया प्यासिफिक ग्लोभ कम्पनीमा दुई महिनादेखि काम गरेको तलब नपाएपछि नेपालीसहित विभिन्न देशका कामदार काम छोडेर हड्तालमा उत्रिएको छन् । नेपाली, बंगलादेशी लगायत विभिन्न देशका हजारौं कामदार कार्यरत उक्त कम्पनीले ६ महिना अगाडि मात्रै कामदारको तलब समयमा दिने र पुनः यस्तो गल्ती नगर्ने भन्दै दूतावासका प्रतिनिधिको उपस्थितिमा सम्झौता गरेको भए पनि कार्यान्वयन नभएको र दुई महिनादेखि तलब नपाएको भन्दै मंगलवार बिहानैदेखि कामदार हड्तालमा उत्रिएका हुन् ।

रबरको पन्जा उत्पादन गर्ने उक्त कम्पनीमा करिब दुई हजारको हाराहारीमा नेपाली कामदार कार्यरत छन् । कम्पनीले कामदारलाई दुःख दिएको भन्दै यसअघि नै दूतावासले कामदारका समस्या समाधान गर्न कम्पनीलाई भनेको भए पनि अहिलेसम्म कम्पनीले ब्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू